२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

मिथिला लघुवित्तको सेयर बिक्रीमा, क-कसले किन्न पाउछन् ?

११ जेठ, काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको ८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ६०० रुपैयाँ निर्धारण गरिएको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन, २०८२ अनुसार संस्थापक सेयर बिक्री गर्दा हाल कायम संस्थापक सेयरधनीलाई नै पहिलो प्राथमिकता दिनुपर्ने व्यवस्था रहेकाले कम्पनीले इच्छुक संस्थापक सेयरधनीलाई आवेदन दिन आग्रह गरेको छ।

इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय कार्यालय ढल्केवर–६, धनुषामा निवेदन दिनुपर्नेछ । निवेदनमा आफूले किन्न चाहेको सेयर संख्या र सोको मूल्य समेत स्पष्ट खुलाउनुपर्ने कम्पनीले जनाएको छ।

साथै, तोकिएको अवधिभित्र साे सेयर खरिदका लागि संस्थापक सेयरधनीबाट कुनै पनि आवेदन नपरेमा प्रचलित कानुनअनुसार साे सेयर सर्वसाधारणलाई  बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : May 25, 2026 at 9:21 am