१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

संसदमा सशक्त रूपमा उत्रने विपक्षी दलहरूको तयारी

१० जेठ, काठमाडौं । विपक्षी दलहरूले आउँदा दिनमा संसदमा अझ सशक्त ढंगले अघि बढ्ने निष्कर्ष निकालेका छन् ।  नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतकहरूको आइतबार बसेकाे संयुक्त बैठकले प्रतिनिधिसभा बैठकमा सरकारको सशक्त प्रतिरोध गर्ने निष्कर्षमा पुगेको एमाले प्रमुख सचेतक ऐन महरले बताए ।

बैठकमा कांग्रेसबाट बासना थापा, एमालेबाट एमालेका ऐन महर, नेकपाका युवराज दुलाल र राप्रपाबाट खुस्बु ओली सहभागी थिए । छलफलमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले संसद्लाई गरेको उपेक्षा, विपक्षीको विरोधलगायत विषयमा छलफल भएकाे जनाइएकाे छ ।

साथै, बैठकमा संविधानको कार्यान्वयन, प्रतिनिधिसभा नियमावलीको पालना र लोकतन्त्रको रक्षाका निम्ति विपक्षीबिचको छलफल र सहकार्यलाई आउँदा दिनमा पनि निरन्तरता दिनेबारे सहमति भएको उनले बताए ।

प्रकाशित मिति : May 24, 2026 at 3:31 pm