भारत भ्रमणमा जाँदै रास्वपा सभापति लामिछाने
१० जेठ, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भ्रमणमा जाने भएका छन् । भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा उनी जेठ १८ गते भारत जान लागेको रास्वपा स्रोतले बताएको छ । दुई दिनसम्म भारतमा रहने उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस। जयशंकर, विदेश सचिव विक्रम मिस्री, राष्ट्रिय सुरक्षा सुरक्षा सल्लाहकार अजित डोभालसहित अन्य उच्चस्तरीय भेटघाट गर्ने तय भएको छ ।
पछिल्लो समय भारत र नेपालबिच सम्बन्धमा दरार उत्पन्न भएको छ । लिपुलेकलगायत सीमा विवादका कारण भारतीय विदेशमन्त्री विक्रम मिस्रीको नेपाल भ्रमण स्थगित भएको छ । परराष्ट्रमन्त्री शिशिर खनालको पनि भारतको दुईटा भ्रमण स्थगित भएको छ । यस समयमा रास्वपाका सभापति लामिछाने भारत भ्रमणमा जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रकाशित मिति : May 24, 2026 at 11:40 am









