एमाले केपी ओलीको पेवा पनि होइन गुटको कम्पनी पनि होइनः अष्टलक्ष्मी शाक्य
९ जेठ, काठमाडौँ । नेकपा एमालेको पूर्व उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टी केपी ओलीको पेवा नरहेको बताएकी छिन । शनिबार दिउँसो फेसबुकमा टिप्पणी गर्दै शाक्यले एमाले ओली गुटको कम्पनी पनि नभएको दाबी गर्नुभएको छ ।
उहाँले फेसबुक मार्फत गर्नुभएको टिप्प्णी यस्तो छ
कमरेड अध्यक्ष केपी शर्मा ओली। तपाईं नेकपा एमालेको अध्यक्ष पदमा रहेर तीन कार्यकाल नेतृत्व गरिसक्नु भाको छ ।यतिबेला कमरेडले कार्यकर्ताको भावना बुझ्न जरुरी छ। निर्वाचन पश्चात गौरवपूर्ण इतिहास बोकेको नेकपा एमाले आज यो कमजोर स्थितिमा पुगेको छ। पुन नेकपा एमालेलाई आन्दोलनको नेतृत्वमा पुर्याउन सकिन्छ ।अहिले पनि तपाईँले देखाउनुभएको दम्भ . घमण्ड र गुटगत सोच .म उस्तै देख्छु। बलिदानको रगतले जन्मेको पार्टी हो एमाले। लाखौं कार्यकर्ताहरूको त्याग र सङ्घर्षबाट अगाडि बढेको पार्टी हो एमाले। यो पार्टी तपाईंको मात्र पेवा होइन । एमाले तपाईँको गुटको कम्पनी पनि होइन । त्यसैले कमरेड शास रहुन्जेल एमाले पार्टीको अध्यक्ष भइराख्ने तपाईंको सोच गलत छ।। अहिले एक्काइसौँ शताब्दीमा छौं हामी . आजको समयको माग विचार ,सामूहिकता ‘ सङ्घर्ष र इमानबाट पार्टी नेतृत्व गर्ने बेला हो । अव युवा पुस्तालाई विश्वास गरेर नेतृत्व पुस्तान्तरण र हस्तान्तरण गर्नुपर्छ।।कमरेडले यही बैठकबाट स सम्मान अध्यक्ष पदबाट विदा लिनु राम्रो हुन्छ। नेकपा एमाले पुनर्जीवित गर्न अन्धकारमा डुब्न लागेको एमाले फेरि उठाउन .सकिन्छ ।व्यक्तिको गुणगान र चाकरीमा खर्च गर्ने यो समय होइन। देश र जनताको हितमा निस्वार्थी भावना राखेर कामगर्ने बेला हो ।आजको सम ।यको माग पनि यही हो।
प्रकाशित मिति : May 23, 2026 at 12:32 pm









