८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

अन्तिम कारोबारको दिन यी कम्पनीका सेयरमा झुम्मिए लगानीकर्ता

८ जेठ, काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । यस दिन नेप्से परिसूचक १६.३८ अंकले बढेर २७५८.४९ को बिन्दुमा बन्द भएको छ । यस दिन २०३ कम्पनीको सेयर मूल्य बढेको छ भने ५७ कम्पनीको मूल्य घटेको छ । ८ कम्पनीको सेयर मूल्य यस दिन स्थिर रहेको छ ।

आज ३३६ कम्पनीको १ करोड ८ लाख ८८ हजार ७३९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४९ करोड ८५ लाख १६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

आज आँखु खोला जलविद्युत कम्पनीको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ४३ करोड ९५ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, रिडी पावर कम्पनीको २४ करोड ५४ लाख ५५ हजार रुपैयाँ, नेशनल हाइड्रोपावरको १६ करोड १६ लाख १५ हजार रुपैयाँ, अपी पावर कम्पनीको १६ करोड १ लाख ५८ हजार रुपैयाँ र बुङ्गल हाइड्रोका १० करोड ४६ लाख ४० हजार रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : May 22, 2026 at 3:21 pm