सेयर बजारमा सुधार आउँदा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
८ जेठ, काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । यस दिन नेप्से परिसूचक १६.३८ अंकले बढेर २७५८.४९ को बिन्दुमा बन्द भएको छ । यस दिन २०३ कम्पनीको सेयर मूल्य बढेको छ भने ५७ कम्पनीको मूल्य घटेको छ । ८ कम्पनीको सेयर मूल्य यस दिन स्थिर रहेको छ ।
आज ३३६ कम्पनीको १ करोड ८ लाख ८८ हजार ७३९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४९ करोड ८५ लाख १६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
आज क्रेस्ट माइक्रेफाइनान्स लघुवित्तको सेयर सर्वाधिक बढेको छ । कम्पनीको सेयर मूल्य यस दिन १४.८१ प्रतिशतले बढेको छ । त्यसैगरी यस दिन माबिलुङ इनर्जीको सेयर मूल्य ९.३५ प्रतिशत र बुङ्गल हाइड्रोको सेयर मूल्य ७.२४ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : May 22, 2026 at 3:14 pm









