८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

बीमितहरूको केवाईसी अद्यावधिक गर्न प्रभु महालक्ष्मी लाइफको आग्रह

८ जेठ, काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले केवाईसी अद्यावधिक गर्न आग्रह गरेको छ। कम्पनीले एक सूचना जारी गर्दै आफ्ना सम्पूर्ण विद्यमान बीमितहरूलाई पहिचान विवरण (केवाईसी) अनिवार्य रूपमा अद्यावधिक गर्न आग्रह गरेको हाे। कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी वित्तीय लगानी निवारणसम्बन्धी कानूनी व्यवस्था २०८२ अनुसार ग्राहक विवरण अद्यावधिक गर्न आवश्यक भएको जनाएको हो।

कम्पनीका अनुसार बीमितहरूले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमति पत्र तथा हालसालै खिचिएको फोटोसहित नजिकको शाखा वा उप–शाखामा सम्पर्क गरी केवाईसी अद्यावधिक गर्नुपर्नेछ।

 कार्यालयमा उपस्थित हुन असमर्थ ग्राहकहरूले सम्बन्धित बीमा अभिकर्ता वा कम्पनीको आधिकारिक फोन नम्बरमार्फत समेत विवरण अद्यावधिक गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

प्रकाशित मिति : May 22, 2026 at 10:12 am