६ बीमा कम्पनी प्राधिकरणको कारबाहीमा, तिरायो जरिवाना
७ जेठ, काठमाडौं। नेपाल बीमा प्राधिकरणले ६ निर्जीवन बीमा कम्पनीलाई कारबाही गरेको छ । प्राधिकरणले बीमालेख जारी गर्ने क्रममा अनियमितता गरेको आरोपमा ६ कम्पनीलाई कारबाही गरेको हो ।
प्राधिकरणले हिमालयन एभरेष्ट इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सानिमा जिआइसी इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सलाई कारबाही गरेको हो ।
प्राधिकरणका अनुसार उक्त कम्पनीहरुलाई जनही २ लाख रुपैयाँ जरिवाना गराई भविष्यमा यस्ता गल्ती नदोहोर्याउन लिखित चेतावनी समेत दिइएको छ ।
प्रकाशित मिति : May 21, 2026 at 4:27 pm









