बिहीबार आँखु खोलासहित यी कम्पनीका सेयरमा झुम्मिए लगानीकर्ता
७ जेठ, काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १२.३६ अंकले घटेर २७४२.११ को विन्दुमा पुगेको छ। आज ३४८ कम्पनीको ८७ लाख ९ हजार १९५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७८ करोड २८ लाख रुपैयाँको कारोबार भएको हो ।
बिहिबार ७२ कम्पनीको सेयर मूल्य बढेको छ भने १८८ कम्पनीको घटेको छ । ९ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको हो । आज आँखु खोला जलविद्युत कम्पनीको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १७ करोड ७२ लाख ५७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, रिडी पावर कम्पनीको १५ करोड ७ लाख ३९ हजार रुपैयाँ, बुङ्गल हाइड्रोको १३ करोड ५९ लाख २० हजार रुपैयाँ, एनआरएन एन्फ्रास्ट्रक्चरको १३ करोड ३९ लाख ८५ हजार रुपैयाँ र फस्र्ट माईक्रोफाइनान्सको ११ करोड ७५ लाख ४९ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : May 21, 2026 at 3:21 pm









