२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

विपक्षीको अवरोधपछि संसद् बैठक स्थगित

७ जेठ, काठमाडाैं। प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बिहीबार नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री शाहसँग प्रश्नउत्तरको कार्यक्रम राख्न माग गर्दै संसद बैठक अवरोध गरेका छन्।

बैठकमा विपक्षी दलका नेताहरूले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ५६ अनुसार प्रश्नउत्तर राख्नका लागि प्रधानमन्त्रीको नाममा रूलिङ गर्न माग राखेका छन्।  विपक्षी दलले अवरोध गरेपछि सभामुख डीपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

प्रकाशित मिति : May 21, 2026 at 2:53 pm