७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

७ दिनभित्र बाँदर नियन्त्रणमा काम नभए संसद् चल्न गाह्रो हुन्छः सांसद राई

७ जेठ, काठमाडौं । नेकपा (एमाले)का सांसद राजेन्द्रकुमार राईले एक हप्ताभित्र सरकारले बाँदर आतंक नियन्त्राका लागि ठोस कदम नचाले संसद् चल्न गाह्रो हुने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसदहरूले यस समस्याबारे बारम्बार संसदमा कुरा उठाउँदा पनि सरकार गम्भीर नभएको भन्दै उनले सो समस्या समाधान लागि ७ दिनभित्र पनि उचित कदम नचाले संसद बैठक संचालनमा कठिनाइ हुने बताए ।

उनले भने, ‘तत्काल रूपमा बाँदरको समस्या समाधान गर्नका निम्ति सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु। बाँदरको समस्या समाधान गर्नका लागि चाहे कानूनी होस्, चाहे कुन माध्यमबाट भएपनि सरकारले नियन्त्रण गरेन भने अब ७ दिन पछाडि सबै सदस्यहरूले यस बारेमा कुरा उठाउनुहुन्छ, यो सदन चल्न गाह्रो हुन्छ।’

प्रकाशित मिति : May 21, 2026 at 1:37 pm