७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

आफ्नो कर्तव्य पूरा गर्न नसक्ने प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्दा राम्रोः हर्क साम्पाङ

७ जेठ, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो कर्तव्य पूरा गर्न नसक्ने भए मार्ग प्रशस्त गर्दा राम्रो हुने बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठक सुरु हुने बित्तिकै आफ्नो स्थानबाट उठेर प्लेकार्ड देखाएपछि सभामुख डोलप्रसाद अर्यालले उनलाई बोल्न समय दिएका थिए ।

साम्पाङले प्रधानमन्त्रीले रक्षा र गृह मन्त्रालय पनि सम्हालिराखेकोले संसदमा आफूसहित सांसदहरूले उठाएका प्रश्नको जबाफ दिन आउनुपर्ने बताए। ‘सभामुखमार्फत् म प्रश्न गर्न चाहन्छु- उहाँ (प्रधानमन्त्री) यो संसदको सदस्य हो कि होइन? यो देशमा संसद छ कि छैन। हामी सबै जनाले यो लोकतन्त्र र यो संसदको गरिमालाई जोगाइराख्न पर्छ कि पर्दैन?,’ उनले प्रश्न गरे, ‘यदि उहाँ आफ्नो कर्तव्य पूरा गर्न सक्नुहुन्न भने उहाँले मार्गप्रशस्त गर्दा राम्रो।’

प्रकाशित मिति : May 21, 2026 at 11:55 am