२२ सार्वजनिक विदा कटाैती गर्दै सरकार, गणतन्त्र र लोकतन्त्र दिवसकाे विदा पनि चट
१४ चैत, काठमाडाैँ । सरकारले विगतदेखि दिँदै आएको सार्वजनिक बिदामा व्यापक कटौती गर्ने भएको छ । २२ दिनको सार्वजनिक बिदा कटौती गर्ने तयारी गृह मन्त्रालयले गरेको छ । गणतन्त्र दिवस, लोकतन्त्र दिवस, निजामति सेवा दिवस, शहीद दिवस र राष्ट्रिय प्रजातन्त्र दिवस लगायतमा दिँदै अाएको विदा नै कटाैतीको प्रस्ताव गरिएको छ ।

दशैंलगायतका पर्वमा दिइँदै आएको लामो छुट्टी पनि कटौती गर्ने प्रस्ताव छ । नयाँ वर्षदेखि ल्होसार, क्रिसमस, छठलगायतका केही अरु समुदायगत पर्वमा पनि सार्वजनिक विदा कटाैतीकाे प्रस्ताव गरिएको छ।धेरै सार्वजनिक बिदा दिँदा काम गर्ने समय कम हुने र स्थिरतासहित आर्थिक समृद्धि हासिल गर्ने सरकारको लक्ष्यमा ठेस पुग्ने निष्कर्षसहित मन्त्रालयले बिदा कटाैतीको प्रस्ताव तयार गरेको हाे ।
मन्त्रिपरिषद्बाट सरकारले यसअघिका दिँदै आएको २२ सार्वजनिक बिदा कटौती गर्ने तयारी अन्तिम चरणामा पुगेको छ । वर्षौंदेखि सार्वजनिक बिदा दिने गरेको दिनमा पनि कार्यालय खोल्ने प्रस्ताव तयार भएको छ ।
प्रकाशित मिति : १४ चैत्र २०७४, बुधबार ०८:१७












