६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

सदस्यता अद्यावधिकमा असहयोग गरे वडा सभापतिलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

६ जेठ, काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्नका लागि वडा कार्यसमितिलाई जिम्मा दिएको छ । पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसदा दुलालले देशैभरका ६ हजार ७४३ वटै वडा समितिलाई पत्र पठाएर जेठ २१ भित्रै क्रियाशील सदस्यता अद्यावधिक कार्य सम्पन्न गर्न भन्नुभएकाे हाे ।

परिपत्रमा भनिएको छ, ‘वडाका सभापतिहरू पनि आफ्नो मोबाइलमा एप स्टोर र गुगल प्ले स्टोरबाट नेपाली कांग्रेसको एप डाउनलोड गरेर मोबाइलमा लग इन् गरी तोकिएको समय २०८३ जेठ २१ गतेभित्र क्रियाशील सदस्यता अद्यावधिकको कार्य गर्नु हुन निर्देशानुसार अनुरोध गरिन्छ। साथै, यस कार्यको अनुगमन सम्बन्धित पालिका कार्यसमितिले गर्नेछ।’

त्यस्तै क्रियाशील सदस्यता अद्यावधिकको लागि असहयोग गरेमा विधान बमोजिम वडा सभापतिको वैकल्पिक व्यवस्था गरिने चेतावनी पनि दिइएको छ ।

प्रकाशित मिति : May 20, 2026 at 6:34 pm