६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

कक्षा ११ को पठनपाठन असार १ बाट सुरू गर्न सरकारको निर्देशन

६ जेठ, काठमाडौं । सरकारले कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरू गर्न निर्देशन दिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार एसईईको नतिजा प्रकाशन भइसकेकाले कक्षा ११ को पठनपाठन आगामी असार १ गतेबाट गर्न मन्त्रालयको निर्णयअनुसार सबै शिक्षा विकास समिति समन्वय इकाईलाई पत्राचार गरिएको छ ।

प्रकाशित मिति : May 20, 2026 at 5:01 pm