६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

प्रि ओपन सेसनमा साढे २ अंकले घट्यो नेप्से

६ जेठ, काठमाडौं । साताकाे तेस्राे काराेबारकाे दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंकले घटेको छ। यस दिन सो सेसनमा नेप्से २.६६ अंकले घटेर २७२१.७२ विन्दुमा झरेको छ।

बुधबार प्रि ओपन सेसनमा ४५ स्टकको ६९ पटकको कारोबारमा १ करोड ७१ लाख ९३ हजार ६९५ रुपैयाँ ५० पैसाबराबरको १३ लाख २७ हजार ७६० कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : 10:59