६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

यसरी हेर्नुहोस् टक्सार पिखुवा खोलाको आईपीओ नतिजा

६ जेठ, काठमाडौं । टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले गत वैशाख २३ गतेदेखि २८ गतेसम्म आम सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ आज बाँडफाँड भएको हो ।

कम्पनीले सर्वसाधारणका लागि २५ लाख १५ हजार ४५५ कित्ता आईपीओ निष्कासन गरेको थियो । कम्पनीको आईपीओमा कुल २९ लाख ४८ हजार ९ सय ६६ आवेदन परेको छ ।जसमध्ये २७ लाख ७१ हजार २ सय ५२ आवेदन सदर भएको छ ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन प्राप्त भएका कारण गोलाप्रथा विधिबाट बाँडफाँड भएको थियो । गोलाप्रथाबाट बाँडफाँड गर्दा २ लाख ५१ हजार ५ सय ४५ जनाले १० कित्ताका दरले सेयर पाएका छन् । सोही मध्येबाट ५ जनालाई बाँकी ५ कित्ता सेयर थप एकरएक कित्ता  अर्थात ११ कित्ता सेयर दिइएको छ । बाँकी २५ लाखभन्दा बढी आवेदकको हात खाली भएकाे छ ।

कम्पनीकाे आईपीओकाे नतिजा केही समयपछि प्रकाशन हुनेछ । कम्पनीकाे आईपीओकाे नतिजा सिडीएससीको मेरो सेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login,सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।

प्रकाशित मिति : 10:04