२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

मर्जर प्रस्तावसहित एनआईसी एशिया लघुवित्तले बोलायो साधारणसभा

६ जेठ, काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा बोलाएको छ । जेठ ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी जेठ ३० गते साधारण सभा बोलाएको हो । सभा सुनसरीको धरान उपमहानगरपालिकामा रहेको गोर्खा होटलमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभामा संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र यस कार्यका लागि नियामक निकायबाट कुनै आवश्यक संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

त्यस्तै, अन्य कुनै उपयुक्त घ वर्गाका लघुवित्तसँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रयोजनका लागि उपयुक्त लघुवित्तको पहिचान गर्ने र यससम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ

सभामा आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

 सभामा लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने र संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ १९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसकाे खर्थ जेठ १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले मात्रै संस्थाको सभामा सहभागी हुन सक्नेछन्  ।

प्रकाशित मिति : May 20, 2026 at 9:35 am