काठमाडौंबाट विस्थापित सुकुम्बासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
५ जेठ, काठमाडौं । सरकारले काठमाडौँ उपत्यका नदी किनारका बस्तीबाट विस्थापित भएका परिवारलाई प्रति परिवार २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पुनर्स्थापना खर्चबापत सो रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयाे ।
त्यस्तै वैकल्पिक बसोबासको व्यवस्था आफैँ गर्न ५ सदस्य भएको परिवारलाई प्रति महिना १५ हजार र सोभन्दा बढी सदस्य भएकालाई प्रतिसदस्य थप २ हजारका दरले हाललाई ३ महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराइने भएको छ ।
प्रकाशित मिति : 17:30









