धितोपत्र बोर्डको अध्यक्ष पदका लागि ४ जनाको नाम सर्टलिस्ट
५ जेठ, काठमाडौं । नेपाल धितोपत्र बोर्ड(सेबोन)को अध्यक्ष पदका लागि ४ जनाको नाम सर्टलिस्ट भएकाे छ । सेबोन अध्यक्ष छनौट सिफारिस समितिले बोर्ड अध्यक्ष पदका लागि डा. नवराज अधिकारी, मुकुन्द कुमार क्षेत्री, डो गोपालप्रसाल भट्ट र विनयदेव आचार्यको नाम सर्टलिस्ट गरेको हो ।
समितिले आवेदन दिएका ४७ जना आवेदकमध्येबाट ४ जनाको नाम सर्टलिस्ट गरेको छ । सेबोनका तत्कालिन अध्यक्ष सन्तोष नारायण श्रेष्ठले गत वैशाख ४ गते राजीनामा दिएपछि बोर्डको अध्यक्ष पद रिक्त रहेको छ ।
प्रकाशित मिति : 17:15









