५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मंगलबार सिटि होटलसहित यी कम्पनीका सेयरमा झुम्मिए लगानीकर्ता

५ जेठ, काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से ६.५१ अंकले घटेर २७२४.३९ को बिन्दुमा बन्द भएको छ । मंगलबार ११३ कम्पनीको सेयर मूल्य बढेको छ भने १४५ कम्पनीको मूल्य घटेको छ । यस दिन १२ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

आज ३४६ कम्पनीको ७८ लाख १६ हजार ४७८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आज सिटी होटलको सर्वाधिक सेयर काराेबार भएकाे छ । यस दिन कम्पनीकाे २३ करोड ५३ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको हाे ।

त्यस्तै,  साहस ऊर्जाको ९ करोड १६ लाख रुपैयाँ, आँखुखोला जलविद्युतको ८ करोड ६८ लाख रुपैयाँ, कर्पाेरेट विकास बैंकको ८ करोड १८ लाख रुपैयाँ, एसवाई प्यानलको ८ करोड ७ लाख रुपैयाँ र  अपी पावरको ७ करोड १९ लाख रुपैयाँकाे काराेबार भएकाे छ ।

प्रकाशित मिति : 15:19