सेयर बजारमा गिरावट आउँदा यी कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक
५ जेठ, काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से ६.५१ अंकले घटेर २७२४.३९ को बिन्दुमा बन्द भएको छ । मंगलबार ११३ कम्पनीको सेयर मूल्य बढेको छ भने १४५ कम्पनीको मूल्य घटेको छ । यस दिन १२ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
आज ३४६ कम्पनीको ७८ लाख १६ हजार ४७८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आज सिटि होटल लिमिटेडको सेयर मूल्य सर्वाधिक ६.८४ प्रतिशतले घटेको छ । त्यसैगरी, थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्य ५.८२ प्रतिशत र प्रभु बैंक डिबेञ्चर २०८७को सेयर मूल्य ५.३५ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : 15:13









