५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः चौधरी नियुक्त

५ जेठ, काठमाडाैं। फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको अध्यक्ष पदमा पुनः भगबती चौधरी नियुक्त हुनुभएकाे छ । कम्पनीकाे १३ औं वार्षिक साधारण सभाले चौधरीलाई अध्यक्ष पदमा निर्विरोध पुनः नियुक्त गरेको हाे ।

ग्रामिण अर्थतन्त्र, महिला सशक्तिकरण, युवा सशक्तिकरण र स्वरोजगारका मुद्दाहरुलाई अगाडी बढाउँदै समाजसेवा तथा वित्तीय क्षेत्रमा सक्रिय चौधरीलाई नेपाल राष्ट्र बैंकका निर्देशक शैलेन्द्र रेग्मीले पद तथा गोपनियताको सपथ गराउनुभएकाे थियाे । सो अवसरमा चौधरीले लघुवित्तको मर्म, उद्देश्य र लक्ष्य प्राप्तिसँगै संस्थाको गरिमा बृद्धिमा सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता जनाउनुभयाे ।

 ग्रामिण महिला उत्सुकता विकास मञ्च मार्फत गाउँगाउँमा महिलाहरुलाई वातावरण, सरसफाईसँगै सामाजित चेतना प्रवाह गर्दै आएकी चौधरीले वित्तीय साक्षरता कार्यक्रम पनि चलाउनुभएकाे थियाे । तत्कालिन समयमा सरकारले गैरसरकारी संस्थाहरुलाई वित्तीय मध्यस्तकर्ता गर्ने बाटो खोलिदिएपछि चौधरीले नै फरवार्ड माइक्रोफाइनान्सको स्थापना गर्नुभएकाे थियाे ।

 हाल फरवार्ड माइक्रोफाइनान्सका देशका ४० जिल्लाका ३८२ स्थानीय निकायका दुई लाख ८४ हजार ५७ विपन्न परिवारमा १५९ शाखा कार्यालय मार्फत् वित्तीय सेवा पुर्याएको छ ।

प्रकाशित मिति : 13:49