२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

घुस लिएर भारतीय गाडीलाई नेपाल प्रवेश गराउने सशस्त्र प्रहरीका दुई जवान पक्राउ


१४ चैत, सुनसरी । सुुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जबाट मंगलबार साँझ सशस्त्र प्रहरीका दुई जवानलाई घुस लिँदै गर्दा अख्तियारले नियन्त्रणमा लिएको छ ।

अख्तियार दुरुयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीको टोलीले २५ हजारसहित सशस्त्र प्रहरी जवान नवीन खड्का र ठाकुर खत्रीलाई पक्राउ गरेको हो । वानद्वयले भारतीय गाडीलाई नेपाल प्रवेशका लागि छोडेवापत २५ हजार रकम माग गरेपछि उनीहरु अख्तियारको फन्दामा परेका हुन् ।

सशस्त्र प्रहरीले सोमबार भारतीय गाडीलाई प्रवेश गराइ दिएवापत रु २५ हजार दिनुपर्ने माग गरेको र पैसा दिने कवोल गरेपछि गाडीलाई प्रवेश गर्न दिएको थियो । सोही पैसा दिनका लागि आएको बेला सुराकी पाएपछि गएको अख्तियारको टोलीले लक्ष्मी फेन्सी स्टोरबाट खड्का र खत्रीलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : १४ चैत्र २०७४, बुधबार ०७:५७