२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

सांसद क्षितिज थेबेको प्रश्नः पाथीभरा केबलकारबारे सरकारको धारणा के हो ?

५ जेठ, काठमाडौं । नेकपा एमालेका सांसद क्षितिज थेबेले पाथीभर केबलकारबारे सरकारको धारणा माग गर्नुभएकाे छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै  सांसद थेबेले पाथीभरा केबुलकार निर्माणको सम्बन्धमा सरकारको आधिकारिक धारणा आउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “पाथीभरामा निर्माणाधीन परियोजनाको विषयमा ताप्लेजुङ मात्रै होइन सिङ्गो देशको ध्यान केन्द्रित भएको छ, सरकारले मौखिक रुपमा काम रोकिएको भनेको छ, तर, सरकारको आधिकारिक धारणा के हो ?, मेरो प्रश्न छ, यो आयोजना बन्ने हो कि रोकिने हो ? ।”

प्रकाशित मिति : May 19, 2026 at 12:17 pm