नेपाल बैंकका दुई सञ्चालकहरूको राजीनामा स्वीकृत
५ जेठ, काठमाडौं। नेपाल बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष तथा स्वतन्त्र सञ्चालक प्रा. डा. डिल्लीराज शर्माले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। उहाँले वैशाख २४ देखि लागू हुने गरी सञ्चालक समितिको अध्यक्ष तथा स्वतन्त्र सञ्चालक दुवै पदबाट राजीनामा दिनुभएको थियो। सो राजीनामा सञ्चालक समितिको जेठ १ गते बसेको बैठकले स्वीकृत गरेको बैंकले जनाएको छ।
यसैगरी, नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आउनुभएका सञ्चालक माया आचार्यले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत भएको छ।

प्रकाशित मिति : May 19, 2026 at 10:42 am









