सोमबार नेप्सेसँगै घट्यो कारोबार रकम
४ जेठ, काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार सेयर बजारमा गिरावट आएको छ । नेप्से परिसूचक १.०३ अकंले घटेर २७३०.९१ बिन्दुमा कायम भएको छ । आज ३३९ कम्पनीको ५८ लाख २८ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४५ करोड ८ लाख रुपैयाँको कारोबार भएको हो ।
सोमबार ११९ कम्पनीको सेयर मूल्य बढेको छ भने १३२ कम्पनीको घटेको छ । १८ कम्पनीको सेयर मूल्य स्थिर रहेको हो । सोमबार सहास उर्जाको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ८ करोड ४३ लाख ८९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस दिन इंगवा हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ८.४२ प्रतिशत बढेको छ। निफ्रा उर्जा ऋणपत्र ७ प्रतिशत २०८५-८६ को मूल्य यस दिन सर्वाधिक ५.२६ प्रतिशत घटेको छ।
प्रकाशित मिति : 15:28









