४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026

आज यी कम्पनीका सेयरमा झुम्मिए लगानीकर्ता

४ जेठ, काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार सेयर बजारमा गिरावट आएको छ । नेप्से परिसूचक १.०३ अकंले घटेर २७३०.९१ बिन्दुमा कायम भएको छ । आज ३३९ कम्पनीको ५८ लाख २८ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४५ करोड ८ लाख रुपैयाँको कारोबार भएको हो ।

सोमबार ११९ कम्पनीको सेयर मूल्य बढेको छ भने १३२ कम्पनीको घटेको छ । १८ कम्पनीको सेयर मूल्य स्थिर रहेको हो । सोमबार सहास उर्जाको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ८ करोड ४३ लाख ८९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको ७ करोड ३४ लाख ८८ हजार रुपैयाँ, एसवाइ प्यानल नेपालको ७ करोड १३ लाख १२ हजार रुपैयाँ, अपी पावर कम्पनीको ६ करोड १६ लाख ५६ हजार रुपैयाँ र शिवम् सिमेन्टको ५ करोड ७९ लाख ७३ हजार रुपैयाँको कारोबार भएको हो ।

 

प्रकाशित मिति : 15:25