गुण्डुमा एमाले सचिवालय बैठक जारी
४ जेठ, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा केहीबेरदेखि बैठक बसिरहेको हो ।
बैठकबाट स्थायी कमिटी, पोलिटब्युरो, जिल्ला इन्चार्जलगायत जिम्मेवारी बाँडफाँडका साथै विभागीय प्रमुख, उपप्रमुख र इन्चार्ज तोक्ने तयारी रहेको छ । ११ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको एमालेले नेताहरूको कार्यविभाजन गरेको छैन । आज बस्ने बैठकमा अध्यक्ष केपी शर्मा ओलीले कार्यविभाजनको खाका प्रस्तुत गर्ने तयारी रहेको जनाइएकाे छ ।
प्रकाशित मिति : 14:16









