३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

कांग्रेसको केन्द्रीय लेखा समितिमा पदम भट्टराईसहित तीन सदस्य मनोनयन

३ जेठ, काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय लेखा समितिमा तीन सदस्य मनोनयन गरेको छ । पार्टी सभापति गगनकुमार थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३८ को उपधारा (१) बमोजिम पार्टीका केन्द्रीय सदस्य भरतकुमार शाहको संयोजकत्वमा गठित केन्द्रीय लेखा समितिमा आज तीन सदस्य मनोयन गर्नुभएको हो ।

सभापति थापाले विषय विज्ञताका आधारमा दिलिप ढुङ्गाना (धनुषा), रमेश नेपाल (भक्तपुर) र पदम भट्टराई (गुल्मी)लाई सदस्यमा मनोयन गर्नुभएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 22:18