२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

आफैँमाथि कारबाहीको तयारी भएपछि ओलीले स्थगित गरे एमाले बैठक

२ जेठ, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफैँमाथि कारबाहीको तयारी भएको पूर्व सूचना पाएपछि सचिवालयको बैठक स्थगित गर्नुभएको छ । शनिबार दिउँसको बस्ने गरी बोलाइएको बैठक ओलीले स्थगित गर्नुभएको हो । बैठक सोमबारका लागि भनिए पनि हुने नहुने अनिश्चित रहेको एमालेको एक पादधिकारीले दैनिकीलाई जानकारी दिए ।

केही बाहेक सबैजसो पादधिकारी ओली हटाउने निर्णयमा पुगेपछि बैठक स्थगित भएको बताइएको छ । ओलीले आफैँमाथिको कारबाही छल्न र विषयान्तर गर्न केन्द्रीय समितिको कार्यविभाजनको प्रस्ताव अघि ल्याउन चाहनुभएको बुझिएको छ ।

प्रकाशित मिति : 10:00