२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

अनेरास्ववियुका नेता लखेट्ने नाथमका विद्यार्थीलाई प्रदीप आचार्यको खुलापत्र

नाथमका भाइ वहिनिलाई खुला चिठी
भाइ बहिनीहरू म ठुलो हुँदै होईन, तिमि जस्तै पढ्नलाई भोकाएको र कनिकुथी सटिफिकेट लिएको व्यक्ति हुँ । मेरो विगत ज्यादै पट्यार लाग्दो थियो भने भविश्यका चुनौति त अतिनै देखेको छु । म पनि व्यवस्थापन संकायमा स्नातकोत्तर सकाएर पर्यटन पढ्न लालयित थिए, अर्थात पर्यटनलाई नजिकवाट वुझ्न चाहान्थे !! पर्यटन अवको नेपालको विकासको आधार भनेर सवैले भनेको सुनेको थिए, विकासको आधार वन्न आधार के के रहेछ्न, एकेडेमीक भाषामा भन्न सक्ने कतै भेटिन, पर्यटन, हस्पिटालिटि पढेका धेरै भएपनि न तिनिहरू हस्तक्षेपकारि भुमिकामा भएका न हस्तक्षेपकारी भुमिकामा भएका कोहि पर्यटन पढेको देखे !!

सानो जागिर खान थालेको थियो तर मेरा लागि ठुलो पैसा मानिने पैसा खर्च गरेर पर्यटन विषय पढ्न तयार भए, सायद त्यहिदिन थियो म पैलो चोटि नाथम पुगेको । जुन दिन पर्यटन विषय पड्न प्रारम्भिक परीक्षा दिनको लागि थियो, NCTTM वाट परीक्षा फर्म ल्याई भरेको थिए , केन्द्र त्यहा तोकेको रहेछ , हामी होटेल व्यवस्थापन र पर्यटन व्यवस्थापन दुवैकोलाई एउटै कक्षा कोठामा राखेको थियो, म जाने जति टिक लगाए भने अषपष्ट छोडेर निक्ले तर पनि अरू मसगै का साथि जसरी हुन्छ हल गर्नै पर्ने अवस्थामा हुनुहुन्थ्यो सोधि गरि पनि तर मलाई थाहा थियो, योग्यता मेरा लागि हो, परिक्षाको लागि होईन !!

पर्यटन पड्न कुरा रात्रिकालिन कक्षा भएकोले मलाई सजिलै हुन्थ्यो,प्रथम सेमेष्टरको अति नियमित विध्यार्थि थिए १११ तर कलेज मैले सोचे जस्तो थीएन, प्राईभेट भएपनि व्यवस्थापन फितलो भने फ्याकल्टि केही वाहेक अरू सामान्य १११ तर धेरैले जागिर गर्ने भएकोले हामि प्रयोगात्मक ज्ञान भएकानै थियौ, तर पर्यटनका कक्षाहरू मेरा अपेक्षा भन्दा फरक थिए, अर्थात म सन्तुष्ट भने थिईन , महाभुकम्पले पर्यटन शिथिल वनाएको थियो भने भारतिय नाकावन्दि आलो घाउमा नुन चुक छर्कन आउदै थियो, मैले त्यहि समयमानै नेपाल सरकार सस्कृति,पर्यटन तथा नागरीक उड्ययन मन्त्रालय अन्तर्गतको राष्ट्रिय ताल संरक्षण विकास समितिको सदस्य वन्ने अवसर पाए, तर पनि सानो भएनि छोटो अवधिमानै मैले एउटा हस्तक्षेपकारी भुमिका पाए भन्ने लाग्यो जसले मलाई केही छिनको शान्ति दियो तर पनि व्यक्तिगत अन्योलता मेरो जिन्दगीमा अरू थपियो तर पर्यटनलाई नजिकवाट नियाल्ने अवसर पाए !!

म विगतदेखिनै फरक सोच्ने थिए, हामी पनि तपाईहरू जस्तै राम्रो योग्यता खोज्ने र नेपालमानै केहि गर्ने पर्छ भन्ने सोचको थिए, तर त्यो सोचमा हाम्रो गरिबी वाधक थियो, तर साहस लिएकानै थियौ !! राजनिती लाई फरक सोचेनौ , राजनितिलाई साहस र जागरको पर्या वनाएऔ र त्यस्ता धेरै ठुला भएकाहरू सङ्गर्षवाटनै आएका हुन्छन् भन्ने सिकेऔ !! म स्नातक पड्दा पनि हामिले पोखराको अतिनै राम्रा र धनिहरूको छोराछोरी पड्ने क्याम्पस तर पनि स्थानिय समुदायले खोलेको क्याम्पस पढेको हु ! हामिलाई पनि राजनितिक संगठनमा आवद्व हुन मन लाग्यो, अनि हामिले पनि पृथ्वीनारायण क्याम्पसका दाजुलाई वोलाई चउरमा वसेर संगठित भएका थियौ भने त्यसपछि कलेजमा स्ववियु ल्याउने आन्दोलन छेडेऔ अनि एक ढगंले त्यो अभियानमा सफलता हात पायाैँ !!

केही समयको स्ववियु तदर्थ कमिटको सभापति भए पनि अदालतले असहयोग गर्यो यधपि राजनितिक उपलब्धि हात पारेऔ । त्यसैको जगमा आजको पोखराको जनप्रिय वहुमुुखि क्याम्पसमा स्ववियु छ भने विधार्थिका पक्षमा धेरै राम्रा काम भएका छन्, कार्य सम्पादनको आधारमा क्याम्पस आज विश्वविधालय अनुदान आयोग वाट सवै भन्दा धेरै र निरन्तर अनुदान लाने नेपालको एक मात्र नेपालको क्याम्पस हो १ त्यसै गरि नेपालमानै पहिलो चोटि त्रिवि अन्तर्गतको पर्वतिय पर्यटन विषयमा स्नातक पडाउछ भने विध्यार्थि चाप विविए पछिको राम्रो भएको वुझेको छु ,यधपि मैले मेरो मैनावारी शुल्क भिडियो खिचेर ल्याएको पैसाले तिर्ने गर्दथे भने त्यो वेलाका अगुवा हामी म व्यवसाय गरेर वसेको छु भने एक जना भाइ प्रधानमन्त्री कार्यलयमा सुब्बा छन् भने एक जना हाम्रै पर्यटन मन्त्रालयमा मन्त्रीको सचिवालयमा महत्त्वपूर्ण जिम्मेवारीमा छन् !!

मेरो भनाई केहो मात्र भने पर्यटन र होटेल व्यवस्थापन पडेका राम्रो कमाई गरेका देखेको छु , तर पनि पर्यटन पडेका नीति निर्माणमा नपुगेकालेनै हामिले भने जस्तो पर्यटन वन्न नसकेको होकि भन्ने लागेरनै यो चिठि लेखेको हु १११ केही दिन पहिला नाथममा घटेको घटना मा अतिनै दुख लागेको छ, तर पनि हामिले राजनिति र राजनितिक गतिविधिमा सुधार ल्याउन पर्छ तर राजनितिलाई तिरस्कार गरेर नाथम विदेशि होटेलहरूका कामदार उत्पादन गर्ने शैक्षिक सस्था पनि वनिनु हुदैन, नाथमकै ग्रयाजुयट पर्यटन मन्त्री वन्ने अवस्था सृजना गर्नु पर्दछ ११ एक अध्ययनले हाडवर्ड विश्वविद्यालय विश्वकै धेरै उच्च पदस्थ पड्ने वनेकोले चर्चित विश्व विध्यालय वनेको हो !!

नाथम अर्को कुरामा पनि पछाडि छ, अहिले त्रिवि अन्तर्गत नै पढाई हुने यो सस्था पर्यटन विश्वविद्यालय वन्न ढिलो गरिनु हुदैन भन्ने लाग्छ, अहिले त्रिविले धेरै क्याम्पसलाई स्वायत्त सम्वन्धन दिई राखेको छ जहाँ NCTTM लाई ट्राभल र पर्यटन व्यवस्थापन को, जनप्रिय वहुमुखि क्याम्पसलाई यश अघि मैले उल्लेख गरि सके भने एक वर्ष पहिला नेपाल पर्वतिय प्रतिस्ठान लाई माउन्टेन स्टडिको स्नातकको सम्वन्धन दिएको छ १११ यो दिईनु गलत नभए पनि नाथमको भुमिका कमजोर भएका कारणलेनै विज्ञता विना वजार मागले सम्वन्धन दिईराखेको छ १११ यो कुरालाई रोकेर विज्ञता सहितको सम्वन्धन दिन सक्ने पर्यटन विधालय वनाउन जरूरि छ जसले हामिले सोचेको पर्यटनलाई दक्ष, अर्ध दक्ष मानव संसाधान उत्पादन मा भुमिका खेल्न सकोस !!

अन्त्यमा मेरो आशय भनेको राजनिती देशको मुख्य नीति हो यसलाई घृणा, तिरस्कार होईन सम्मान गरेरनै उपयुक्त लाभ लिन सक्नु पर्दछ जसले तपाईहरूको युवा पुस्तालाई नितिगत रूपमानै सम्वोधन गरोस !!

हिजो मात्रै सुन्नु भयो होला अख्तियार दुरूपयोग अनुसन्धान आयोगको आयुक्तले घुस खाएको, त्यो वाहिर ल्याउने सार्वजनिक सम्पति निजिकरण हुनवाट जोगाएका त्यहि नेपाल ईन्जिनियरिङ कलेजका विध्यार्थिलेनै हो , तपाईको चासो र चिन्ता जायज भए पनि राजनितिलाई तिरस्कार नगर्नु र तपाईको भविष्यलाई राजनिती हुन नदिनु यत्ति । अहिले मैले पर्यटन विषयमा स्नातकोत्तर सकेको छु भने फेरि कानुन पढ्न भर्ना भएको छु व्यवसाय सामान्य नै छ, तर मेरो दैनिकि व्यवसाय भए पनि सार्वजनिक सेवानै जीवन विताउने सोचको छु !!

उही 

प्रदीप आचार्य, काठमाडाैँ । 

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार २२:२५