२९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026

झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

१ जेठ, काठमाडौं । साताको अन्तिम कारोबारकाे दिन सेयर बजारमा झिनाे अंककाे सुधार आएको छ । शुक्रबार नेप्से परिसूचक १.७७ अंकले बढेर २७३१.९४ विन्दुमा पुगेको छ।

आज ३३८ कम्पनीको ७९ लाख ३४ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९ करोड ७९ लाख रुपैयाँको कारोबार भएको हो । आज १२७ कम्पनीको सेयर मूल्य बढेको छ भने १२० कम्पनीको घटेको छ । २२ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको हो । आज युनियन हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ।

सो कम्पनीको यस दिन ३० करोड ६६ लाख ४९ हजार रुपैयाँबराबरको शेयर किनबेच भएको छ। यस दिन ७ प्रतिशत नबिल डिबेञ्चर २०८९ को मूल्य सर्वाधिक ७.७१ प्रतिशत बढेको छ। यूनियन हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक १४.७९ प्रतिशत घटेको छ।

प्रकाशित मिति : May 15, 2026 at 3:18 pm