१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

युनियन हाईड्रोपावरसहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता

१ जेठ, काठमाडौं । साताको अन्तिम कारोबारकाे दिन सेयर बजारमा झिनाे अंककाे सुधार आएको छ । शुक्रबार नेप्से परिसूचक १.७७ अंकले बढेर २७३१.९४ विन्दुमा पुगेको छ।

आज ३३८ कम्पनीको ७९ लाख ३४ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९ करोड ७९ लाख रुपैयाँको कारोबार भएको हो । आज १२७ कम्पनीको सेयर मूल्य बढेको छ भने १२० कम्पनीको घटेको छ । २२ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको हो ।

आज युनियन हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, यस दिन अपी पावर, रिलायन्स स्पिङ्ग मिल्स, एसवाई प्यानल, हिमालयन रि, सोलु हाईड्रोपावर, नेशनल हाईड्रोपावर, रिदि पावर,आँखु खोला र साहस उर्जाको सर्वाधिक कारोबार भएको छ।

 

प्रकाशित मिति : 15:14