राष्ट्रिय अनुसन्धान विभाग फेरि लगियो प्रधानमन्त्री कार्यालय मातहत
१ जेठ, काठमाडौं । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय अनुसन्धान विभाग पुनः प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत लगिएको छ।गत बुधबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल सरकार (कार्यविभाजन) नियमावली २०८३ स्वीकृत गर्दै राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत लगेको हो।
स्वीकृत नियमावलीअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कार्यक्षेत्र पनि विस्तार भएको छ। अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत ४८ निकाय तथा कामका क्षेत्र परेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा गृह मन्त्रालय मातहतको राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत लग्नुभएकाे थियाे । तर जेनजी आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारले सो विभागलाई गृह मातहत नै फर्काएको थियो ।अहिले राष्ट्रिय अनुसन्धान विभागलाई पुनः प्रधानमन्त्री कार्यालय मातहत लगिएको हो।
प्रकाशित मिति : 12:44









