सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गर्याे साढे ४ अर्ब दाबी भुक्तान, जेनजी आन्दोलनको मात्रै २ अर्ब बढी
१ जेठ, काठमाडाैं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले आ.व. २०८२/८३ को पहिलो १० महिनासम्ममा जम्मा ४ अर्व ५० करोड भन्दा बढी दावी भुक्तानी गरेको छ ।
सो मध्ये भाद्र महिनाको अन्तिम साता जेनजी आन्दोलनको क्रममा देशका विभिन्न भागमा भएका हुलदँगा तोडफोड तथा आगजनीका कारण राष्ट्रको पूर्वाधार, उद्योग, व्यापार र व्यक्तिगत सम्पत्तीमा भएको क्षतीपूर्ती वापत रु. २ अर्व ४२ करोड भुक्तानी गरेको छ ।
कम्पनीले यस अवधिमा जेनजी बाहेकको भइपरी आएका अन्य दाबीहरु बापत पनि २ अर्व ८ करोड भन्दा बढी भुक्तानी गरेको छ । यस आ.व. को १० महिनामा सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा जम्मा १४ हजार ७५६ वटा दाबी दर्ता भएको तथा १३ हजार ५०८ वटा दाबी फछ्र्यौट गरेको छ
प्रकाशित मिति : 12:20









