१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

दाबी रकम लिन ३५ दिनभित्र सम्पर्कमा आउन बीमितलाई सानिमा जिआईसीको आग्रह

१ जेठ, काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले बीमा दाबी लिन आउन बीमितलाई  आग्रह गरेको छ । कम्पनीले बीमा दाबी लिन नआएका बीमितलाई ३५ दिन भित्र सम्पर्कमा आउन आग्रह गरेको हो । कम्पनी निवेदन पेश गरे पनि आवश्यक कागजात नपुगेका कारण हालसम्म दाबी भुक्तानी प्रक्रिया पूरा हुन नसकेका बीमितहरुलाई तत्काल सम्पर्कमा आउन आग्रह गरेको हो ।

 कम्पनीले सूचना जारी गर्दै दाबी फछ्र्योटका लागि आवश्यक कागजातहरू हालसम्म प्राप्त नभएकाले धेरै फाइलहरू प्रक्रियामै रोकिएको जनाएको छ । अबको ३५ दिनभित्र सम्बन्धित बीमितहरूले आवश्यक कागजातसहित आफूलाई पायक पर्ने प्रदेश कार्यालय, शाखा, उपशाखा वा केन्द्रीय कार्यालयको दाबी विभागमा सम्पर्क गरी दाबी रकम फछ्र्योट गराउनु कम्पनीले आग्रह गरेको छ । कम्पनीले तोकिएको अवधिभित्र पनि सम्पर्कमा नआउने बीमितहरुको दाबी फाइल बन्द गरिने चेतावनी समेत दिएको छ ।

प्रकाशित मिति : 11:48