१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

छुट्ला है ! स्नो रिभर्सको आईपीओ भर्ने आज अन्तिम दिन

१ जेठ, काठमाडौं । स्नो रिभर्स लिमिटेडको आईपीओमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले वैशाख २९ गतेदेखि ७ लाख ७८ हजार १२५ कित्ता आईपीओ निष्कासन गरेको छ ।

कम्पनीले यसअघि पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेकाका लागि आईपीओ जारी गरी बाँडफाँड गरेको थियो । जसपश्चात कम्पनीले दोस्रो चरणअन्तर्गत आम सर्वसाधारणका लागि आईपीओ खुलाएको हो ।

 कम्पनीको यो आईपीओमा न्यूनतम १० र अधिकतममा १ हजार कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : 09:11