बिहीबार यी कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक
३१ वैशाख, काठमाडौं । साताको चौंथो कारोबारको दिन बिहीबार सेयर बजारमा गिरावट आएको छ । बिहीबार नेप्से परिसूचक १०.०७ अंकले घटेर २७३०.१७ को विन्दुमा पुगेको छ।
आज ३३७ कम्पनीको ७९ लाख ५७ हजार १५२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २८ करोड ७३ लाख ९७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। यस दिन एसियन हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य यस दिन ९.८९ प्रतिशतले घटेको छ । त्यसैगरी, हिमालयन रि इन्स्योरेन्सको सेयर मूल्य ७.१२ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य ५.९१ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रकाशित मिति : 15:13









