२९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026

लाभांश पारित गर्न साल्ट ट्रेडिङ्गले बोलायो साधारणसभा

३१ वैशाख, काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ। वैशाख २९ गते बसेको कम्पनीकाे सञ्चालक समितिको बैठकले जेठ २९ गते काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे ५९औं वार्षिक साधारणसभा बोलाएको हाे ।

सभाले हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने, ऋण सुविधा लिने, कर्पाेरेशनको प्रबन्धपत्र तथा नियमावली स्वीकृत गर्नेछ।

साथै गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ।

साधारणसभा तथा लाभांश विरतण प्रयोजनार्थ कम्पनीले जेठ १३ गतेदेखि जेठ २९ गतेसम्म बुक क्लोज गर्ने भएको छ। तसकाे अर्थ जेठ १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीले मात्रै लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : May 14, 2026 at 1:28 pm