हिमालयन रिइन्स्योरेन्सलाई नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक
३१ वैशाख, काठमाडौं । नेपाल बीमा प्राधिकरणले हिमालयन रिइन्स्योरेन्सलाई नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक लगाएको छ । प्राधिकरणले सार्वजनिक सूचना नै प्रकाशित गरेर हिमालयनलाई थप ब्यवसाय गर्न रोक लगाएको हो ।
पुनर्बीमा दाबी भुक्तानी गर्ने कार्य र यसअघि भएका पुनर्बीमा व्यवसायका लागि रेट्रोसेसन सम्बन्धी कार्य बाहेक आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक लगाइएको हो ।
बीमा प्राधिकरणले जारी गरेकाे सूचनामा भनिएको छ, ‘बीमा ऐन, २०७९ को दफा १३६ को उपदफा (४) बमोजिम प्रकाशित सूचना सूचना प्रकाशन मिति २०८३/०१/३१ बीमक हिमालयन रिइन्स्योरेन्स लिमिटेडलाई पुनर्बीमा दावी भुक्तानी गर्ने कार्य र यस अघि भए गरेका पुनर्बीमा व्यवसायको लागि रेट्रोसेसन गर्ने कार्य बाहेक आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म नयाँ पुनर्बीमा व्यवसाय गर्न बीमा ऐन, २०७९ को दफा १३६ को उपदफा (१) बमोजिम रोक लगाईएको व्यहोरा प्राधिकरणको मिति २०८३/०१/२९ को निर्णयानुसार सम्बन्धित सरोकारवालामा सूचित गरिन्छ ।’
प्रकाशित मिति : 09:37









