३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

३१ वैशाख, काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत चैत २६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको १० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।

इन्स्योरेन्सले हाल कायम १०० कित्ता शेयर बराबर नयाँ १० कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यस अनुसार इन्स्योरेन्सले २३ करोड १० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २३ लाख १० हजार कित्ता हकप्रद सेयर निष्काशनमा ल्याएको छ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले फागुन १७ गते बुकक्लोज गरेको थियो। यसकाे अर्थ फागुन १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्।

 इन्स्योरेन्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। सेयरधनीहरुले बिक्री प्रबन्धकका साथै लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ३१ करोड रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ५४ करोड १० लाख रुपैयाँ पुग्नेछ।

प्रकाशित मिति : May 14, 2026 at 9:26 am