३० बैशाख २०८३, बुधबार | Wed May 13 2026

सदनमा प्रधानमन्त्री आउनुपर्ने विपक्षीको अडानपछि प्रतिनिधिसभा बैठक स्थगित

३० वैशाख, काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ। आजको बैठकमा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन शाह उपस्थित हुनुपर्ने अडान राखेका थिए।

जसका कारण पटक पटक सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गर्दै सञ्चालन गर्दै आउनुभएको थियो । अपराह्न बसेको बैठकमा पनि विपक्षी दलले विरोध कायमै राखेपछि भोलिसम्मका लागि बैठक स्थगित भएको छ। सभामुख अर्यालले बिहीबार बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गर्नुभएको हो ।

प्रकाशित मिति : 17:42