३० बैशाख २०८३, बुधबार | Wed May 13 2026

बादलले बोलेका यी शब्द संसद्को रेकर्डबाट हट्यो

३० वैशाख, काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले बोलेका तीन वटा शब्दहरू संसदीय रेकर्डबाट हटेको छ । सभामुख डोलप्रसाद अर्यालले बादलले संसद्मा सम्बोधन गर्ने क्रममा असंसदीय शब्द प्रयोग गरेको भन्दै रेकर्डबाट हटाइएको बताउनुभयो ।

सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीको नियम २१ को खण्ड ‘घ’ विपरीत बादलले बोलेका विषयहरू संसदीय रेकर्डबाट हटाउन संसद् सचिवालयलाई रूलिङ गर्नुभएको थियो ।

उहाँले रूलिङ गरेपनि कुन कुन शब्द हटेको भन्ने उल्लेख नभएपछि एमाले प्रमुख सचेतक ऐन महरले त्यसबारे जानकारी गराउन भन्नुभएको थियो । सभामुख अर्यालले सांसद थापाले बोलेको ‘अराजकहरूको भिड र राष्ट्रिय झण्डा ओढेर देश जलाउनेहरू, नेपाली सेना मुकदर्शक’ भन्ने शब्द हटाइएको जानकारी गराउनुभयो ।

प्रकाशित मिति : 15:58