नेप्सेमा झिनो अंकको गिरावट, २ अर्ब ८० करोडको कारोबार
३० वैशाख, काठमाडौं । साताको तेस्रो कारोबारको दिन बुधबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । बुधबार नेप्से परिसूचक ४.१५ अंकले घटेर २७४०.२५ को विन्दुमा कायम भएको छ। आज ३३९ कम्पनीको ५६ लाख ४१ हजार ३६७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८० करोड ६१ लाख २९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
आज धौलागिरी लघुवित्तको सेयरमूल्य सर्वाधिक ११.१७ प्रतिशतले घटेको छ । यस दिन एशियन हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ११.४२ प्रतिशत बढेको छ। यस दिन एसवाई प्यानल नेपालकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे यस दिन २७ करोड ७९ लाख ४६ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ।
प्रकाशित मिति : 15:20









