३० बैशाख २०८३, बुधबार | Wed May 13 2026

प्रधानमन्त्रीलाई संसद्‌मा उपस्थित हुन रुलिङ गर्न कांग्रेसको माग

३० वैशाख, काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई प्रतिनिधिसभामा उपस्थित भएर जवाफ दिन रुलिङ गर्न माग गरेको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले रुलिङका लागि सभामुख डीपी अर्याललाई आग्रह गर्नुभयाे ।

यसबारे सभामुख अर्यालले रुलिङभन्दा पनि संवाद गरेर अघि बढ्नुपर्ने बताउनुभयाे ।

प्रकाशित मिति : 15:08