बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो
३० वैशाख, काठमाडौं । नेकपा (एमाले) का संसदीय दलका नेता रामबहादुर थापा बादलले बोलेका असंसदीय शब्द संसदीय रेकर्डबाट हटेको छ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावलीको नियम २१ को खण्ड ‘घ’ विपरीत बादलले बोलेका विषयहरू संसदीय रेकर्डबाट हटाउन संसद् सचिवालयलाई रूलिङ गर्नुभएकाे छ ।
थापाले मंगलबार बोलेको विषयमा रास्वपा सांसद मनिष खनाल रेकर्डबाट हटाउन माग गर्नुभएकाे थियाे। त्यसपछि सभामुखले उहाँको अभिव्यक्ति रेकर्डबाट हटाउन रुलिङ गर्नुभयाे
प्रकाशित मिति : 14:19









