विपक्षी सांसदले संसद्मै मागे प्रधानमन्त्रीको राजीनामा
३० वैशाख, काठमाडौं । विपक्षी सांसदहरूले संसद्मा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको जवाफमा उपस्थित नभएको भन्दै विपक्षीहरूले शाहको राजीनामा माग गरेका हुन् ।
आजबाट नीति तथा कार्यक्रममाथि छलफल थाल्ने कार्यसूची छ । जसमा प्रधानमन्त्रीले दिनुपर्ने जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिन लागेपछि विपक्षीले अवरोध गरेका हुन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, विपक्षी दलहरू नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी, राप्रपाले सदन अवरोध गरेका हुन्।
प्रकाशित मिति : 13:04









