एनएलजी इन्स्योरेन्सको नाफा ७१ प्रतिशतले घट्यो, इपीएस कति ?
३० वैशाख, काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीले ३ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा भने ७१.७८ प्रतिशत कम हो । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीले १२ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको दाबी भुक्तानी १८.६३ प्रतिशतले बढेर २ अर्ब २ करोड ९१ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिसम्म कम्पनीले १ अर्ब ७१ करोड ५ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी दिएको थियो । गत आवको चैत मसान्तसम्म ६६ करोड ५८ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको यस कम्पनीले चालु आवको चैत मसान्तसम्म ७.३२ प्रतिशत बढाएर ७१ करोड ४५ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेकोछ । कम्पनीको इपीएस ०.९८ रुपैयाँ रहेको भने प्रतिसेयर नेटवर्थ १७०.९३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६४१.८३ गुणा रहेको छ।
प्रकाशित मिति : 09:27









