प्रधानमन्त्रीले निश्चित मर्यादा पालना नगर्ने हो भने संसदको गरिमा रहन सक्दैनः प्रचण्ड
२९ वैशाख, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री वालेन्द्र शाहलाई संसदीय मर्यादा पालन गर्न आग्रह गर्नुभएको छ ।
प्रचण्डले संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री शाह बैठकबाट उठेर हिँडेको विषयमा आज संसदमै टिप्पणी गर्नुभएको हो ।
‘हिजोको बैठकमा जे गतिविधी देखियो। प्रधानमन्त्रीले निश्चित मर्यादा पालना नगर्ने हो भने संसदको गरिमा रहन सक्दैनु, प्रचण्डले भन्नुभयो, ‘यसमा हामी सबैको ध्यान जाओस्। हामी सबैको भविष्य जोडिएको छ प्रधानमन्त्रीको कार्यशैलीमा।’
उहाँले पुराना नेता र पुराना पार्टीका नाममा एउटा गलत भाष्य बनेको भन्दै असन्तुष्टि जनाउनुभयो। नयाँ र पुराना भन्ने भाष्यले परिवार, समाज र राजनीतिमा विभाजन मात्र ल्याउने बताउनुभयो ।
उहाँले सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएकोप्रति आपत्ति जनाउनुभयो। सरकारको नीति तथा कार्यक्रममा मधेस, कर्णालीलाई नछोएको भन्दै सोच्न आग्रह गर्नुभयो ।
प्रकाशित मिति : 16:25









